• २०८१ बैशाख ८ शनिबार

लामो लकडाउनले चीनमा मानसिक रोगी बढे !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । महिनौ देखिको लकडाउनका कारण चीनमा मानसिक रोगीहरु बढेका छन् । महिनौंदेखि लकडाउन र सरकारक प्रतिबन्धका कारण चीनको शाङ्घाईका मानिसहरूको अवस्था चिन्ताजनक भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अहिले तिनीहरू नि:शुल्क रुपमा लगातार कोभिड-१९ परीक्षण भइरहेको छ । पोजेटिभ नतिजा आए क्वारेन्टाइनमा पठाउने खतरा छ । एकातिर भाइरसले जनतालाई त्रसित बनाएको छ भने अर्कोतिर अर्थतन्त्र धराशायी भएको छ । चीनमा युवा बेरोजगारी दर १८.४ प्रतिशत छ । धेरै गुनासो गर्दा सरकारको नजरमा पर्न सक्ने खतरा छ । सेन्सरशिप, निगरानी र उत्पीडनले मानिसहरूमा बेचैनी र चिन्ता बढाएको छ ।

चीनको मानसिक स्वास्थ्य अवस्था महामारी भन्दा पहिले नै कमजोर थियो । सन् २००९ देखि सांघाईमा आत्महत्याको दर बढ्दै गएको छ । एक वर्ष अघिको तुलनामा २०२० को पहिलो त्रैमासिकमा वुहानमा ७९ प्रतिशत बढी आत्महत्या भएको थियो । सांघाईले अप्रिलमा लकडाउन लगाएपछि गरिएको सर्वेक्षणले ४० प्रतिशत बासिन्दा डिप्रेसनबाट पीडित हुने जोखिममा रहेको पत्ता लगाएको थियो ।

शांघाईको लागि मनोवैज्ञानिक सल्लाह को लागी खोज इन्जिन बैडुमा २५३ प्रतिशतले सर्च बढेको बाट पनि मानसिक रोगको अवस्था बारे अनुमान गर्न सकिन्छ । माओको पालामा मनोविज्ञान सल्लाह प्रतिबन्धित थियो । मानसिक रोगीहरूलाई क्रान्तिकारी भावना नभएको आरोप लगाइन्थ्यो ।

अहिले परिस्थिति बदलिएको छ, तर पनि सरकारले डाक्टरमाथि नजर राखेको छ । प्रहरीमा संलग्न डाक्टर ली झाङले बिरामीसँगको कुराकानीको विवरण वरिष्ठ प्रहरी अधिकारीलाई दिनु पर्ने बताएकी छन् । सी जिनपिङको मनपर्ने सकारात्मक उर्जाको धारणालाई अगाडि बढाउन फ्रीलान्स व्यवसायीहरू दबाबमा छन् ।

चीन सरकारकै निर्देशनमा सरकारको विरोध गर्ने या सरकारी निर्णयप्रति असन्तुष्टि जनाउनेहरुलाई मानसिक अस्पतालहरूमा भर्ना गर्ने गरिन्छ । यसबाट पनि धेरैले आफ्नो असन्तुष्टि दबाएर राखेका छन् फलस्वरूप मानसिक रोगको शिकार भएका छन् ।

२०१८ मा, डोंग याओकियाङले राष्ट्रपति सी जिनपिङको पोस्टरमा मसी छर्केको भिडियो जारी गरे । उनलाई मानसिक अस्पताल लगियो । गत वर्ष, लु टियान्टियनलाई बर्खास्त गरिएको शिक्षकलाई अनलाइन समर्थन गरेकोमा सांघाईको एक मानसिक अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै