• २०८१ बैशाख ७ शुक्रबार

चीनको लकडाउनले टेस्लालाई अर्बौं डलरको घाटा !

kharibot

काठमाडौँ । टेस्लाका सीईओ तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले चीनको लकडाउनका कारण अर्बौं घाटा बेहोरेका छन् ।

एलन मस्कले जर्मनी र अमेरिकामा टेस्लाका नयाँ कारखानाहरूले चीनमा ब्याट्रीको अभाव र आपूर्तिका कारण अर्बौं डलर गुमाएको बताएका छन् । मस्कले आफ्ना दुवै कारखानालाई पैसा जलाउने भट्टीको रूपमा वर्णन गरे । चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण यस वर्ष कडा लकडाउन गरिएको थियो ।

चीनको औद्योगिक राजधानी मानिने सांघाई सहरमा कोभिड–१९ का कारण शून्य कोभिड नीतिका कारण कडा लकडाउन लागू गरिएको थियो । टेस्लाको सांघाईमा नै ठूलो कारखाना छ । लकडाउनका कारण यहाँ निर्माण कार्य पूर्णरुपमा असहज भएको छ । टेस्ला कारको ब्याट्री र कार शाङ्घाईको कारखानामा बनाइन्छ । यो कारखानाको दैनिक २५ सय कार उत्पादन गर्ने क्षमता छ । मस्कले हालैका हप्ताहरूमा कर्मचारीलाई निकाल्ने चेतावनी पनि दिएका छन्।

मस्कले भने, ‘बर्लिन (जर्मनी) र अस्टिन (अमेरिका) का कारखानाहरू पैसा जलाउने ठूला भट्टी हुन् । यहाँ पैसा जलेको आवाज मात्र सुनिन्छ । उनले थपे, ‘अहिले यी प्लान्टमा अर्बौं डलरको नोक्सानी भइरहेको छ । यी कारखानाहरूले ठूलै खर्च व्यहोरिरहेका छन् र उत्पादन पनि कमै भइरहेको छ । मस्कले भने कि यस वर्षको सुरुमा खोलिएका गिगाफ्याक्ट्रीहरूले उत्पादन बढाउन संघर्ष गरिरहेका छन् ।

अस्टिनको टेस्ला साइटले हाल थोरै संख्यामा कारहरू उत्पादन गर्दछ । यो किनभने तिनीहरूको ब्याट्रीको केही भाग चीनको बन्दरगाहमा अड्किएको छ र त्यहाँबाट ल्याउन कोही छैन । मस्कले भने कि यो छिटो निको हुन सक्छ, तर धेरै ध्यान चाहिन्छ । उनले सांघाई बन्द हुनु टेस्लाका लागि निकै कठिन भएको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै