• २०८१ बैशाख १५ शनिबार

नेटफ्लिक्सले घोषणा गर्यो- स्क्वेड गेम सिरिजमा आधारित रियालिटी शो

kharibot

काठमाडौँ । विश्वभर लोकप्रिय भएको दक्षिण कोरियाली वेब सिरिज ‘स्क्वेड गेम’ का फ्यानहरुका लागि अब अर्को खुसीको खबर आएको छ । कोरियाली ड्रामा वेब सिरिजको सिजन-२ को घोषणापछि नेटफ्लिक्सले गरेको नयाँ घोषणाले फ्यानहरूको उत्साह दोब्बर बनाएको छ ।

वास्तवमा, नेटफ्लिक्सले वेब सिरिज 'स्क्वेड गेम' बाट प्रेरित सबैभन्दा ठूलो रियालिटी शो घोषणा गरेको छ ।

रिपोर्टका अनुसार यो शो लगभग 'स्क्वेड गेम' जस्तै हुनेछ । यस शोको विजेतालाई ४.५६ मिलियन डलर पुरस्कार दिइनेछ । कुनै पनि रियालिटी शोको इतिहासमा यो सबैभन्दा ठूलो नगद पुरस्कार हुनेछ ।

यति मात्र होइन, रियालिटी टिभीको इतिहासमा यो शोमा विश्वभरबाट सबैभन्दा बढी ४५६ प्रतियोगी हुनेछन् । तर, यस शोमा प्रतियोगीहरूले वेब सिरिज 'स्क्वेड गेम' जस्तै आफ्नो ज्यान जोगाउनु पर्दैन । रिपोर्टका अनुसार यो सिरिजमा १० एपिसोड हुनेछन् । जसलाई नेटफ्लिक्स ले 'स्क्वेड गेम: द च्यालेन्ज' नाम दिएको छ ।

यो रियालिटी शोमा प्रतियोगीहरूले मूल वेब सिरिजबाट प्रेरित धेरै खेलहरू मार्फत प्रतिस्पर्धा गर्ने बताइएको छ । यति मात्र होइन, शृङ्खलाबाट प्रेरित गेमहरूका अलावा शोमा धेरै नयाँ उत्कृष्ट गेमहरू पनि हुनेछन् । खेलाडीहरूको 'रणनीति, गठबन्धन र पात्रहरू' परीक्षण गर्नेछ । शोको प्रत्येक राउन्डमा हार्ने सबै प्रतियोगीहरू बाहिरिनेछन् । यसमा सबै खेल जित्ने खेलाडीलाई शोको विजेता घोषणा गरिनेछ ।

नेटफ्लिक्सले रियालिटी शोको छायांकन बेलायतमा हुने र यस शोमा अंग्रेजी बोल्नेहरू मात्र कास्ट हुने जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय