• २०८१ बैशाख १५ शनिबार

गोल्डेन ग्लोब्समा 'ओपेनहाइमर' को बर्चश्व

kharibot

काठमाडौँ । ८१औँ  गोल्डेन ग्लोब्स अवार्डमा  फिल्म 'ओपेनहाइमर' ले आफ्नो बर्चश्व कायम गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित अवार्ड कार्यक्रममा 'ओपेनहाइमर' ले उत्कृष्ट निर्देशनसहित ५ विधामा अवार्ड जितेर बर्चश्व कायम गरेको हो ।

ओपेनहाइमरले ‘ड्रामा’ क्याटेगोरीमा बेस्ट मोशन पिक्चरको अवार्ड जित्नुका साथै फिल्मका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड जिते । त्यस्तै फिल्ममा ओपेनहाइमरको भूमिका निर्वाह गरेका सिलियन मर्फीलाई ‘ड्रामा’ मोशन पिक्चर क्याटेगोरीमा सबैभन्दा उत्कृष्ट कलाकारको अवार्ड प्रदान दिइएको थियो ।

त्यस्तै लुइस स्ट्रसको भूमिका निर्वाह गर्ने रोबर्ट डाउनी जूनियरलाई मोशन पिक्चर क्याटेगोरीमा सबैभन्दा उत्कृष्ट सपोर्टिंग कलाकारको अवार्ड दिइयो भने बेस्ट ओरिजिनल स्कोरका लागि ओपेनहाइमरका लुडविग गोरानसनले अवार्ड जिते ।

गोल्डेन अवार्डका लागि ओपेनहाइमरले  अर्को फिल्म बार्बीसँगै ८ विधामा मनोनयन पाएको थियो । यस बर्ष विश्वभर १.४ अर्ब डलरको आम्दानी गरेको बार्बीले सिनेमेटिक र बक्स अफिस अचिभमेन्टको अवार्ड जिटेको छ ।

बेस्ट ओरिजिनल गीत विधामा बिली इलिश र फिनीस ओकोनेलले अवार्ड जिते भने टेलिभिजन क्याटेगोरीका लागि ‘सक्सेशन’ लाई सबैभन्दा बढी अर्वाड दिइयो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै