• २०८१ बैशाख १५ शनिबार

प्रियंका र निकले किन छोडे करोडौंको घर ?

kharibot

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा र निक जोनसले आफ्नो लस एन्जल्सस्थित घर छोडेका छन् । प्रियंका र निकले सन् २०१९ मा करिब २ करोड डलरमा किनेका थिए । 

मिडिया रिपोर्टका अनुसार प्रियंका र निक यस सम्पत्तीमा पानीको क्षतिको कारण समस्याको सामना गरिरहेका थिए । पाइप चुहावटका कारण उनको घरको भित्तामा ओसिलोपन देखिन थालेपछि उनीहरुले घर छोडेको बताइएको छ । यस विषयमा प्रियंका दम्पतिले आफ्नो किनेको कम्पनिविरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

यस घरमा प्रियंका चोपडा आफ्ना पति निक जोनस र छोरी मालतीसँग बस्छिन् । यस लक्जरी सम्पत्तीमा ७ शयनकक्ष, ९ बाथरूम, तापमान नियन्त्रित वाइन सेलर, शेफको किचन, होम थिएटर, बलिङ्ग गल्ली, स्पा, स्टीम शावर, जिम र बिलियर्ड कोठा रहेको छ ।

यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने दम्पतीले माग गरेका छन् । रिपोर्टहरूका अनुसार मुद्दामा क्षतिग्रस्त वस्तुहरूको मर्मत खर्चको क्षतिपूर्तिको माग गरिएको छ । यो घरको मर्मत गर्न करिब १५ लाख डलरदेखि २५ लाख डलरसम्म खर्च लाग्ने बताइएको छ । 

अहिले प्रियंका र निक छोरीलाई लिएर अर्को घरमा बसेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै