• २०८१ बैशाख २१ शुक्रबार

आफ्नै छोरीलाई बलात्कारको आरोपमा बारामा वडा सदस्य पक्राउ

kharibot

बारा । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थिङ्गलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ । उनी नेकपा एमालेबाट निर्वाचित भएका व्यक्ति हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै