• २०८१ जेठ ४ शुक्रबार

काठमाडौँ महानगरको कार्यपालिकामा गठबन्धन विजयी, काँग्रेसको बहुमत

kharibot

काठमाडौँ । काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् ।

नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका छन् ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएकी छन् । उनीहरुले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गरेका छन् । 

निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए । 

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो । 

निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । महानगरको कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत भएको छ । कार्यसमितिमा १९ वडा अध्यक्ष र ६ सदस्यसहित २५ जना भएका छन् । 

यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय