• २०८१ बैशाख १६ आइतबार

नेपाल हस्तकला महासंघद्वारा सरकारको नीति तथा कार्यक्रम प्रति सकारात्मक र स्वागत

kharibot

काठमाडौँ । हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघद्वारा नेपाल सरकारबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा उल्लेख भएका नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०७९/८० को नेपाल सरकारको बजेटमा हस्तकला क्षेत्रको समग्र विकासको लागि कार्यक्रम सहित बजेट बिनियोजन हुने अपेक्षा राख्दै नीति तथा कार्यक्रम सकारात्मक भएकोले महासंघले यसको स्वागत गरेको छ ।

नीति तथा कार्यक्रममा उल्लेख भएका रोजगारमूलक, सीप विकास, सीप अभिवृद्धि र प्रविधि हस्तान्तरण सम्बन्धी तालीमहरु संचालन गर्ने जिम्मेवारी यस महासंघलाई नेपाल सरकारबाट प्रदान गरिएमा  परिणाममुखि प्रतिफल प्राप्त हुने गरी कार्य सम्पादन गर्ने नेपाल सरकारलाई महासंघ विश्वास दिलाउन चाहन्छ ।

नीति तथा कार्यक्रममा उल्लेख भएका हस्तकलाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन जस्ता कार्यक्रमहरुमा नेपाल सरकारसंग सहकार्य गर्न महासंघ सदैव तत्पर रहेको तर हस्तकला क्षेत्रको दिगो र दीर्घकालिन विकासको लागि कोशे ढुङ्गा सावित हुने हस्तकला ग्रामको स्थापना, महासंघले मस्यौदा गरी नेपाल सरकार – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्तुत गरेको राष्ट्रिय हस्तकला विकास नीतिको कार्यान्वयन र सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार स्थापना भई संचालन गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण पूरा भई सक्दा पनि उक्त केन्द्रको संचालन गर्ने सम्बन्धमा नीति तथा कार्यक्रम मौन रहनु दुःखद पक्ष रहेको महासंघको प्रतिक्रिया रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को नेपाल सरकारको नीति तथा कार्यक्रमका सकरात्मक बुँदाहरु निम्न अनुसार रहेको महासंघको ठम्याई रहेको छ ।
- उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने ।

- आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसंग आवद्ध गरिने ।

- निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र संचालन गर्न प्रोत्साहित गरिने तथा उद्योगको अग्र पृष्ठ र समानात्तर सम्बन्ध भएका क्षेत्रहरुमा थप आय आर्जन र रोजगारीका अवसर वृद्धि गरिने ।

-  साना तथा मझौला उद्योगमा नव प्रवर्तन सीपमूलक रोजगारी वृद्धि, नेपाली उत्पादनको विस्तार, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी समुन्नत अर्थतन्त्रको विकास गर्न, नेपाली उद्योग नेपालमै रोजगार आफ्नो      उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने छ । यस कार्यक्रमका लागि कर तथा भन्सार महशुलमा छुट र निर्यात अनुदान मार्फत समयबद्ध            रणनीतिक प्रवद्र्धन गर्नुको साथै प्रतिस्पर्धी सीप विकास, व्यवसायिक सहजीकरण, साझा भौतिक पूर्वाधार निर्माण र प्रयोग, नवीन प्रविधिमा पहुँच र आन्तरिकीकरण तथा प्रकृयागत सरलीकरणलाई अविछिन्न रुपमा      निरन्तरता दिइने ।

 

-  स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विस्तार गर्न निजी क्षेत्रबाट संचालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गरिने ।

-  सार्वजनिक निकायको खरिदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लगिने ।

- गुणस्तर तथा क्यालिव्रेसन प्रयोगशालाको आधुनिकिकरण र स्तरोन्नति गरी निर्यात गुणस्तरको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न पहल गरिने ।

- नव प्रवर्तनमा आधारित स्टार्टप व्यवसाय स्थापना र संचालनमा सहजिकरण गरिने छ । उद्यमशीलता निकास, बौद्धिक सम्पत्ति अधिकार संरक्षण, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास, वित्तिय पहुँच परम्परागत ज्ञान     र सीपको आधुनिकरण मार्फत यूवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने।

- उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात प्रवद्र्धन गरिने ।

- यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दर भन्दा बढि नहुने गरी विद्युत महशुलमा सहुलियत उपलब्ध गराइने ।

- परम्परागत ज्ञान तथा मौलिक सीपमा आधारित लघु तथा घरेलु उद्योगलाई प्रविधि हस्तान्तरण तथा बजार संरक्षण मार्फत प्रवद्र्धन गरिने ।

- लघु, घरेलु तथा साना उद्योगका लागि उद्यमशीलता विकास, वित्तिय पहुँच उत्पादनको बजारिकरण र निर्यात  सहजिकरणको प्याकेज तयार गरी कार्यान्वयन गरिने ।

- निर्यात विस्तारका लागि निजी क्षेत्रसंगको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिने ।

- मूर्त र अर्मूत साँस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गरी साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिइने ।

- सीप विकास तालीमलाई रोजगारी र उद्यमशीलतासंग आवद्ध गरिने ।

- नेपालको समग्र विकासमा सहयोग पु¥याउने गरी आर्थिक कुटनीति परिचालन गर्ने नीति लिइने छ । व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, लगानी आकर्षण र प्रविधि हस्तान्तरणको लागि कुटनीतिक नियोगहरुको क्षमता     अभिवृद्धि गरिने । 

                                                                                                    
                                        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै