• २०८१ बैशाख ६ बिहीबार

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता 

kharibot

काठमाडौं । १७औं हस्तकला टे«ड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यबीच सो सम्झौता हस्तकला ट्रेड फेयरको  उद्घाटन समारोहमा भएको छ ।

यस सम्झौतासंगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने, “ हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागी नबिल बैंक सधैं भरी तत्पर रहनेछ । हस्तकला क्षेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघसंग सहकार्य गर्न पाउंदा हामी निकै खुशी छौं । यो सहकार्यले हस्तकला क्षेत्रमाआबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विश्वाश हामीले लिएका छौं ।

नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले भने, “नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५-७६ घोषणा गर्न पाउदा हामीलाई निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षित भएका छौं ।"   

नबिल बैंकले ७९ वटा शाखा, एक सय ३८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरुसंगै अघि बढ्ने विश्वास राखेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै