• २०८१ बैशाख २९ शनिबार

१५औं हस्तकला ब्यापार मेलाको तयारी पुरा 

kharibot

काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि ५ गतेसम्म १५औं हस्तकला ब्यापार मेला तथा १३औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ । यहि क्रममा १५औ हस्तकला ब्यापार मेला तथा १३औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी यस वर्ष यहि २०७४ मंसिर १ गते देखि ५ गते सम्म प्रर्दशनी हल, भृकुटीमण्डप, काठमाडौंमा आयोजना गरिने भएको छ । 

नेपाल हस्तकला महासंघले आयोजना गर्ने व्यापार मेलामा ९ प्याभिलियन सहित २०० स्टल रहने हस्तकला महासंघले जनाएको छ । 

मेलामा प्याभिलियनका रुपमा नेपाल भित्र महासंघका विभिन्न भौगोलिक क्षेत्रमा रहेका जिल्ला हस्तकला संघहरु,बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका सदस्य उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजाति कै प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरुलाई उच्च प्राथमिकता दिई प्रदर्शनी तथा बिक्रीको लागि राखिने महासंघले जनाएको छ ।

मेलामा धातु मूर्तिकला तथा धातुजन्य सामान, चाँदीका गरगहना तथा सामान, पश्मिना, सूती एवं ढाकाका सामान, हाते कागजका सामान, काष्ठकला, प्रस्तरकला, छालाजन्य वस्तु, ऊनी तथा फेल्टजन्य वस्तु, उपहारका सामान लगायत नेपाल भित्र उत्पादन हुने विविध किसिमका स्थानीय हस्तकलाका वस्तुहरुको सहभागिता रहने छ । 

मेलामा अन्तर्राष्ट्रिय सहभागीको रुपमा भारत, पाकिस्तान, बंगलादेश, चीन, भूटान आदि मुलुकहरुबाट उद्यमी व्यवसायीहरुको सहभागिता रहने पनि महासंघले जनाएको छ । नेपाल हस्तकला महासंघले हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले २०४८ साल देखि २०७३ साल सम्म जम्मा १४ औ पटक ब्यापार मेला आयोजना गरी सकेको छ । 

महासंघका अनुसार नेपालको निर्यात ब्यापारको साथै आन्तरिक बजारमा पनि हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फ्रान्स, बेलायत, नेदरल्याण्डका साथै एसियाली मुलुकहरु जापान, चीन, भारत लगायत झण्डै ८० मुलुकहरुमा ५० भन्दा बढि विभिन्न थरिका हस्तकला बस्तुहरुको १० को हाराहारीमा निर्यात रहेको छ । यसको अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अरब बराबरको रहेको हाम्रो अनुमान छ । यस क्षेत्रमा झण्डै ११ लाख भन्दा वढि ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।

साथै १३औ प्रतियोगितात्मक हस्तकला प्रतियोगितामा उत्कृष्ट घोषित प्रति विधा ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा  प्रमाण पत्रबाट पुरष्कृत गरिने महासंघले जनाएको छ । प्रति विधा प्रथम हुनेलाई ५० हजार  द्वितीय हुनेलाई ३० हजार, तृती हुनेलाई २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको महासंघले जनाएको छ ।

नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक कार्यक्रमको रुपमा महासंघले गरिआएको व्यापार मेला यसपालि पनि भव्य रुपमा गर्ने महासंघले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै