• २०८१ बैशाख १४ शुक्रबार

तनहुँमा २६ वर्षीया महिला बलात्कृत

kharibot

तनहुँ । तनहुँमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका–१० छाब्दीस्थित जंगलको झाडीमा जेठ १ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै