• २०८१ बैशाख २१ शुक्रबार

अमेरिकी राष्ट्रपतिद्वारा नवनिर्वाचित अष्ट्रेलियाली प्रधानमन्त्रीलाई बधाइ

kharibot

टोकियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई बधाइ दिएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री अल्बानीजलाई टेलिफोन गर्दै राष्ट्रपति बाइडेनले दुई देश बीचको गठबन्धनलाई  अझ बजबुत बनाउने विषयमा पनि छलफल गरेका  ह्वाइट हाउसले जनाएको छ । 

"राष्ट्रपति बाइडेनले अमेरिका-अष्ट्रेलिया गठबन्धनप्रति संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धता रहेको र नयाँ सरकारलाई अझ बलियो बनाउनका लागि उनिसँग मिलेर काम गर्ने आफ्नो मनसाय रहेको पुन: पुष्टि गरेका छन् ।  दुई नेताबीच मङ्गलबार टोकियोमा क्वाड समूह शिखर सम्मेलनमा भेट हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै