• २०८१ बैशाख ८ शनिबार

चिनियाँ र ग्रीसका राष्ट्रपति बीच बधाइ आदानप्रदान

kharibot

बेइजिङ । चीनका राष्ट्रपति सी चिन फिङ र ग्रीसका राष्ट्रपति काटेरिना साकेलारोपौलोले आइतबार दुई देश बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन ।

राष्ट्रपति सीले आधा शताब्दीदेखि ऐतिहासिक परिप्रेक्ष्यका साथ दुवै पक्षले समयको प्रवृत्तिलाई ध्यानमा राख्दै  विभिन्न मुद्दामा एकअर्कालाई दृढतापूर्वक समर्थन गरेको कुरा औंल्याए ।

खुलापन र विजयी सहयोगको भावनामा बेल्ट एन्ड रोडको संयुक्त निर्माणमा सहकार्य र समय-सम्मानित सभ्यता र ओलम्पिकमा सहहृदयी भावनाको विकासले दुवै देशलाई ठोस फाइदा पुर्याएको छ।

र अन्तरराष्ट्रिय समुदायका लागि सभ्यताहरू बीच आपसी सिकाइको राम्रो उदाहरण पनि बनेको छ । 

राष्ट्रपति सीले चीन-ग्रीस सम्बन्धको विकासलाई ठूलो महत्त्व दिने कुरामा जोड दिदै  कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवलाई परम्परागत मित्रतालाई प्रगाढ बनाउने, व्यावहारिक सहयोग विस्तार गर्ने, सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने र समृद्ध बनाउने अवसरका रूपमा राष्ट्रपति साकेल्लारोपाउलोसँग मिलेर काम गर्न तयार रहेको कुरामा जोड दिएका छन् ।

चीन-ग्रीस बृहत् रणनीतिक साझेदारीको निहितार्थ,जसले दुई देश र उनीहरूका जनतालाई फाइदा पुर्यादउँछ ।

त्यसैगरी आफ्नो सन्देशमा साकेल्लारोपौलोउले कूटनीतिक सम्बन्ध स्थापना भएको पाँच दशकयता ग्रीस र चीनले आपसी समझदारी र आपसी सम्मानको भावनामा सहयोग र मित्रतासहितको द्विपक्षीय सम्बन्धलाई विकास गरेको बताएका छन् ।

उनले सभ्यताबीचको संवाद र विश्व शान्तिको रक्षा गर्ने महान् लक्ष्यलाई अगाडि बढाउन दुवै पक्षले हातेमालो गर्ने विश्वास व्यक्त गरेका छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै