• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रपतिद्वय सी र बाइडेनद्वारा फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति मार्कोसलाई बधाइ

kharibot

बेइजिङ [चीन] । चिनियाँ राष्ट्रपति सी चिनफिङले फिलिपिन्स गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएकोमा फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई बधाइ सन्देश पठाएका छन् ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार राष्ट्रपति सीले "चीन र फिलिपिन्स समुद्र पारी एकअर्काको सहयोग गर्ने साझेदारहरू भएको बताएका छन् ।

मे १० मा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जूनियर भारी मतले सो पदमा विजयी भएका हुन् ।

राष्ट्रपति सीका अनुसार द्विपक्षीय सम्बन्ध सुदृढ भएको छ जसले दुवै देशका जनतालाई फाइदा पु-याएको छ र क्षेत्रीय शान्ति र स्थिरतामा योगदान दिएको छ ।

उनले चीन र फिलिपिन्स दुवै विकासको महत्त्वपूर्ण चरणमा रहेको र तिनीहरूको सम्बन्धले महत्त्वपूर्ण अवसरहरूको सामना गर्नुका साथै व्यापक सम्भावनाको सहकार्य लिने कुरामा जोड दिए ।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मार्कोस जुनियरलाई बिहीबार टेलिफोन गर्दै बधाइ दिए र आफू निर्वाचित राष्ट्रपतिसँग निरन्तर काम गर्न तत्पर रहेको कुरामा जोड दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै