• २०८१ बैशाख १८ मंगलबार

कैलालीकोमा  बस दुर्घटना- एकको मृत्यु

kharibot

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरास्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिका–५ का ४५ वर्षीया श्रवण राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

प्रनाउ जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोहत्तरीको बर्दिवास नगरपालिका–१ बर्दीवासका प्रेमकुमार अधिकारीले चलाएको ना ५ ख ४३८३ नं को बसमा विपरित दिशा तर्फबाट आउँदै गरेको बर्दगोरिया गाउँपालिकाको श्रवण रानाले चलाएको से ५ प २४४ नं को मोटरसाइकल ठोक्किन गई मोटरसाइकल चालकको घटना स्थलमा मृत्यु भएको हो ।

बससहित बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै