• २०८१ जेठ ८ मंगलबार

इच्छाकामना–१ को अध्यक्षमा माओवादीका राना विजयी

kharibot

चितवन । चितवनमा पाँच दलीय गठबन्धनले विजय सुरुवात गरेको छ ।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना–१ को वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् ।

राना १० मतान्तरले विजयी भएका हुन् । उनले ६३९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याएका हुन् । 

इच्छाकामना-१ मा एक हजार ३२६ मत खसेको थियो । 

एक हजार ३२६ मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको उम्मेदवार एमालेका दानबहादुर गुरुङले ६२३ र कांग्रेसकी गीताकुमारी गुरुङले ५८३ मत ल्याएकी छन् ।

उपाध्यक्षका उम्मेदवार एमालेकी माया सिलवालले ६३० र माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत प्राप्त गरेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै