• २०८१ बैशाख १७ सोमबार

गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन- रामकुमारी झाँक्री

kharibot

काठमाडौँ । गठबन्धन सन्तोषजनक नभएको भन्दै नेकपा एकीकृत समाजवादीकि नेतृ रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै नेतृ झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको बताएकी हुन् ।

उनले गठबन्धन दलहरुबीच हार्दिकता बनाउन नसकेको बताउदै गठबन्धनका केही नेताहरूको अभिव्यक्तिमाथि असन्तुष्टि जनाउदै यसको हिसाव मिलान गर्ने चेतावनी दिएकी छन् ।

उनले भनेकी छन्-     

गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन । गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ । हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो । यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ । बस !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै