• २०८१ बैशाख २५ मंगलबार

शिवम सिमेन्टको साधारण सेयर मकवानपुरका स्थानीयवासीका लागि साउन १३ देखि खुल्ला 

kharibot

काठमाडौं । शिवम सिमिन्टेस लिमिटेडले सर्वसाधारणको लागि आठ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र मकवानपुरका स्थानीयवासीका लागि एक सय रुपैयाँमा दुुई सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता तीन सय अंकित मुल्य कायम रहने गरी आठ लाख ८० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो । 

बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटल मार्फत यही साउन १३ गतेबाट खुल्ला हुुने साधारण सेयरको बिक्री कार्य आगामी भदौ ११ गतेसम्म कायम रहने छ । 

सर्वसाधारणहरुले न्युुनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । जारी पुंजी ४० अर्ब ४० करोड, तथा चुक्ता पुुंजी तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको सर्वसाधारणको लागि छुुट्याएको कुुल ५२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर बिक्री भएपश्चात चुक्ता पुंजी चार अर्व ४० करोड रुपैयाँ पुुग्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै