• २०८१ बैशाख १८ मंगलबार

फुडमाण्डु अब नयाँ ब्राण्ड लोगोका साथ

kharibot

काठमाडौँ । नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले नयाँ वर्षको अवसरमा नयाँ लोगो अनावरण गरेको छ ।  यो नयाँ ब्राण्ड पहिचानले फुडमाण्डुको नयाँ विचारलाई सधै अघि ल्याउने इतिहासलाई निरन्तरता दिएको छ ।

यो रिब्राण्डीङ्गको उद्देश्य ब्राण्डलार्ई अझ रमाइलो, उज्यालो र हर्षका साथ अघि लग्दै फुडमाण्डुको नयाँ युगको सुरुवात गर्ने रहेको छ । 

'हामी हाम्रो मुल्य, मान्यता र उद्देश्यलाई धेरै महत्व दिन्छौँ । हाम्रो नयाँ पहिचानले यस भावना प्रतिबिम्बित गर्दछ भन्ने हाम्रो विश्वास छ ।' फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक, मनोहर अधिकारीले भने ।

लोगोमा रहेको बाफको आकृतिले फुडमाण्डुको ग्राहकहरुले ताजा खाना खादाको खुसीको अनुभवलाई जनाउछ । नयाँ रंग छनोटका बारेमा फुडमाण्डुका ब्राण्ड र मार्केटिङ्ग प्रमुख श्याम रत्न माली बताउँछन्,'पहेलो रंगलाई हामीले मुख्य ब्राण्ड रंगको रुपमा रोजेका छौँ । यसले उत्साह, खुशी, र उर्जालाई प्रतिनिधित्व गर्दछ । हाम्रो लागि पूरानो रंगहरु रातो र हरियोलाई छोड्ने निर्णय सजिलो थिएन तर परिवर्तनको सहि समय भएको हामीले महसुस गर्यौँ ।'

२०१० मा स्थापना भएको फुडमाण्डु नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी हो । फुडमाण्डुले हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखराका ८०० भन्दा बढी रेस्टुरेन्टहरुबाट फुड डेलिभरी गर्दछ । यसरी नै फुडमाण्ड फ्रेशले ग्रोसरी डेलिभरी र फुडमाण्डु बारले पेय पर्दाथ पनि डेलिभरी गर्दै आइरहेकोछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै