काठमाडौँ । रौतहटको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि मागेको सूचनाका आधारमा अख्तियारले उनलाई रकमसहित पक्राउ गरेको जनाएको छ ।
अख्तियारले ठाकुरसहित स्थानीय दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई घुस रकमसहित पक्राउ गरेको छ ।
उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुर, गौरबाट बुधबार पक्रुआ गरिएको अख्तियारले जनाएको छ ।