• २०८१ बैशाख १८ मंगलबार

प्रधानमन्त्री देउवाद्धारा तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । 

May be an image of 5 people, people standing and outdoors

प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

May be an image of 6 people, people standing and outdoors

प्रधानमन्त्री देउवासँगै  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार आठौँ तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दैछन् ।

May be an image of 4 people, people standing and outdoors

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै