• २०८१ बैशाख २५ मंगलबार

सम्पदा निर्माण–पुननिर्माण अभियान फेण्टाको व्यापार जस्ताे होइन- मेयर शाक्य

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले ल्याएको नीतिलाई क्रमिक रुपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेको र त्यसमा सफलता प्राप्त भएको बताएका छन् । वडा–२२ को कार्यालय भवन उद्घाटन गर्ने सिलसिलामा उनले बुधबार यस्तो बताएका हुन् । 

‘हामी नीति, कार्यक्रम र बजेटको क्रमिक रुपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेका छौं र त्यसमा हामी सफल पनि भएका छौँ,’ प्रमुख शाक्यले भने, ‘कहीकतै विवाद भएका ठाउँमा हामीले गर्न सकेनौँ । जहाँ अख्तियार र अदालतले रोक्ने काम भयो त्यहाँबाहेक सबै काम सम्पन्न गर्न सफल भयौँ ।’

प्रमुख शाक्यले २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा विजयी भएर आएपछिको पहिलो बैठकबाटै महानगरको केन्द्रीय भवन र सबै वडा कार्यालय भवन बनाउने घोषणा गरेको स्मरण गराउँदै ती घोषण सबै पूरा हुँदै गएको दावी गरे ।

‘नगरसभाले त्यही नीतिअनुसार बजेट पनि व्यवस्थापन गरेको थियो,’ शाक्यले भने, ‘महानगरपालिकाको केन्द्रीय भवन र सबै वडा कार्यालय भवन हाम्रै कार्यकालमा बनाउँछौँ भनेर हामीले सपना देखेका थियौँ । लामो समयको प्रतिक्षापछि वडा नम्बर २२ को भवनको निर्माण सम्पन्न भई आज उद्घाटन भएको छ । म धेरै खुशी छु ।’

सम्पदा निर्माण–पुनर्निर्माणमा अवरोध होइन सहयोग गरौं
शाक्यले मेयरले जस लिन्छ भनेर रोक्ने प्रवृत्तिका कारण समस्या भएको गुनासो पनि गरे ।

‘हामी सबैसँग सहकार्य गरेर सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका काम गर्न चाहन्छौँ,’ उनले भने, ‘म गौरवका साथ भन्छु । मेरो कार्यकालयमा सबै नीतिगत निर्णय सर्वसम्मत रुपमा भएका छन् । तर, मेयरले जस लिन्छ भनेर रोक्ने प्रवृत्तिका कारण केही ठाउँमा समस्या भएको छ ।’

उनले राम्रो काममा प्रतिस्पर्धा गर्न आग्रह पनि गरे । ‘पेप्सी, फेण्टा, कोकोकोला व्यापारीहरूले अरुको बस्तु राम्रो भनेर कहिल्यै प्रचार गर्दैनन्,’ उनले भने, ‘हाम्रो पनि अवस्था त्यस्तै–त्यस्तै भएको छ । यो सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणको अभियान पेप्सी, फेण्टा, कोकोकोलाको व्यापार जस्तो होइन । त्यसैले राम्रा काममा अवरोध होइन सहयोग गरौँ ।’

उनले काममा अवरोध होइन सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका कामका योजना लिएर आउन आग्रह गरे । ‘सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणमा कार्यपालिका र नगरसभाका सबै बैठकमा सर्वसम्तत निर्णय गरेर अघि बढेका छौँ,’ उनले भने, ‘यद्यपि, जीर्ण बनेको दमकल भवन पुनर्निर्माण गर्ने, लगंपार्क निर्माणलगायतमा अवरोध गरेकाले रोकिएका छन् ।’  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै