• २०८१ जेठ ६ आइतबार

ल्याण्डफिल्ड साइट बुझ्न मेयर शाक्य पुगे  सिसडोल र बञ्चरे डाँडा

kharibot

काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, स्यानिटरी ल्याण्डफिल्ड साइटको अबस्था बुझ्न बिहीबार सिसडोल पुगेका छन ।

उपत्यकाको फोहोर अन्तिम व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल साइट र दीर्घकालीन प्रयोगमा ल्याउन लागिएको बञ्चरे डाँडाको अबस्थाको स्थलगत जानकारी लिन मेयर शाक्य, सहरी विकास मन्त्रालयका सहसचिब पदम मैनाली, काठमाडौं महानगरका सहसचिव भरत अर्याल, महानगर वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोल , वातावरण व्यवस्थापन र पूर्वाधार बिकास बिभागका अधिकारीसहित  संघीय संसद सदस्य रामबीर मानन्धर पनि सहभागी थिए ।  

टोली पहिले बञ्चरे डाँडा गएको थियो । त्यहाँको अबस्था बुझिसकेपछि मेयर शाक्यले — आउँदो बर्खायाम अघि नै बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको काम थालनी गर्ने गरी पूर्वाधार बिकास गर्न मन्त्रालयका अधिकारीलाई आग्रह गरेका छन । 

सिसडोलको क्षमता बढाउन सकिने अबस्था छैन । हामीले अर्को बिकल्प पनि सोचेका छैनौं । त्यसैले बञ्चरे डाँडाको पूर्वाधार बिकासलाई प्राथमिकतासाथ अघि बढाउनु प¥यो, मेयर शाक्यको जोड थियो । त्यस क्रममा, बञ्चरे डाँडाको पूर्वाधार अघि बढाउन अहिले भइरहेका कामका विषयमा जानकारी गराउँदै सहरी बिकास मन्त्रालयका सहसचिव पदम मैनालीले — माटो परीक्षणको काम थालिएको जानकारी दिनुभयो । यसलाई दुईवटा प्याकेज बनाउँदा एक अर्काको मुख हेरेर काम झन् ढिलो हुने सम्भावना छ । त्यसैले हामी एउटै प्याकेजमा काम गर्ने सोचमा छौं । यसका लागि ५ ठाउँमा ४० मिटरसम्म तल गएर माटोको परीक्षण हुँदैछ । यसबाट प्राप्त नतिजाका आधारमा डिजाइन हुने, बोलपत्र आव्हान हुने काम हुन्छ, सहसचिव मैनालीको भनाइ थियो । 

बञ्चरे डाँडापछि टोली सिसडोल फर्कियो । त्यसपछि टोलीले सिसडोलको भ्याली २ (२०६२ सालमा फोहोर व्यवस्थापन गर्न थालिएको ठाउँ) र त्यसपछि भ्याली १ को अबलोकन ग¥यो । त्यस क्रममा वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले, फोहोर नुवाकोट पु¥याउँदाका नीतिगत व्यवस्थाका बिषयमा स्मरण गराएका थिए ,  भने फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले, भ्याली १ र २ को लेण्ड स्केपिङ् (उबडखाबड) मिलाएर साइटको सौन्दर्यीकरणमा काम गर्नु पर्ने आवश्यकता देखाए  । त्यस क्रममा स्थानीय केही युवाले साइटमा क्यापिङ् गर्न (माटो उपलब्ध गराउने प्रयोजनका लागि) आफूहरु लिजमा जग्गा दिन तयार रहेको बताएका थिए ।  

त्यस क्रममा मेयर शाक्यले फोहोर ढुबानी र अन्तिम व्यवस्थापनमा भइरहेका कामका बिषयमा जानकारी समेत लिएका थिए  । स्थलगत भ्रमण सकिएपछि मेयर शाक्यले — अब तत्काल गर्नुपर्ने कामको योजना बनाउन वातावरण व्यवस्थापन विभागलाई निर्देशन  दिए ,  भने संघीय संसद सदस्य रामबीर मानन्धरले — दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव  दिए । सो क्रममा महानगरका सहसचिब भरत अर्यालले — प्राविधिक दृष्टिले भ्याली १ र २ मा पर्खाल उठाएर ल्याण्ड स्केपिङ् गर्न सकिने  बताए । सिसडोलबाट बञ्चरे डाँडा पुग्ने सडक स्तर उन्नति र कालोपत्रे गर्ने काम भने  सडक विभागबाट शुरु भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै