• २०८१ जेठ ६ आइतबार

काठमाडौं महानगर मेयर शाक्य कोरोना संक्रमण मुक्त

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन् ।

मेयर शाक्यको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । 

उनले शनिबार स्वाब दिएकोमा आइतबार नतिजा निगेटिभ आएको हो । शाक्यले केही दिन निवासमै आरामपछि नियमित काममा फर्किनु हुने बताइएको छ ।

मेयर शाक्यलाई १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । शाक्य संक्रमित बनेसँगै केही दिन घरमै आइसोलेसनमा बसेर पत्नीसहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा सरेका थिए ।

सोल्टीको आइसोलेसनमा बसेको भन्दै मेयर शाक्यको आलोचना भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै