• २०८१ जेठ ५ शनिबार

नेपालले भन्यो- डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिनु राष्ट्रसंघको बडापत्र विपरीत

kharibot

काठमाडौँ । नेपालले युक्रेनको विद्रोहीहरुको कब्जामा रहेका डोनेट्स्क र लुहान्स्क प्रान्तलाई स्वतन्त्र देशको रुपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत भएको बताएको छ । 

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले  डोनेट्स्क र लुहान्स्क प्रान्तलाई स्वतन्त्र देशको रुपमा मान्यता दिएर युक्रेनमा सैन्य कारवाहीको घोषणा गरेपछि परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्बजनिक गरेको हो ।

परराष्ट्रले भनेको छ-

नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । नेपालले तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्र संघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू पवित्र छन् र सबै सदस्य राष्ट्रहरूले यसलाई पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा राख्छ ।

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत हो । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै