• २०८१ बैशाख १४ शुक्रबार

रनबीरपछि दीपिकाले पनि पाइन् अमिताभको पत्र र पुष्प गुच्छा  

kharibot

मुम्बई । अनेकौ विवादमा फसेर रिलिज भएको पद्मावतलाई दर्शकले अत्यन्त माया दिएका छन् । रिलिजको छैठौ दिनसम्म फिल्मले १७७ करोड भन्दा बढी व्यापार गरेको छ ।

अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि फिल्मले राम्रो ब्यापार गरेको छ । अमेरिका, अस्ट्रेलिया, युकेमा फिल्मले अत्यन्तै राम्रो ब्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दर्शकको अपार माया पछि फिल्मलाई बलिवुडका महानायक अमिताभ बच्चनले पनि अत्यन्त मन पराएका छन् । केहि दिन अघि अमिताभले फिल्ममा रनबीर सिंहको भूमिकालाई अत्यन्त मन पराएर रनबीरको घरमा पुष्प गुच्छा र एक पत्र पठाएको खुलासा स्वयं रनबीर सिंहले गरेका थिए । भने फेरी फिल्मकी अभिनेत्री दीपिका पदुकोनेलाई पनि पत्र र पुष्प गुच्छा पठाएर फिल्ममा उनको कामको प्रसंशा गरेका छन् । दीपिकाले अमिताभले पठाएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘यँहा अवार्ड्स छ रिवार्ड्स छ र यँहा यो पनि छ, धन्यवाद बाबा’ भनेकी छन् । यस अघि पिकु फिल्ममा अमिताभसँग सँगै अभिनय गरेकी दीपिकाको यस फिल्ममा गरेको अभिनयको निकै तारिफ गरिएको छ ।

यस अघि अमिताभले रनबीरलाई पठाएको पुष्प गुच्छा र पत्र सार्वजनिक गर्दै रनबीरले 'मलाई मेरो अवार्ड मिल्यो' भनेका थिए । अमिताभ बच्चनले फिल्ममा कुनै कलाकारको अभिनय मन परेमा यसरी नै पुष्प गुच्छा र पत्र पठाएर प्रसंशा गर्ने गर्दछन् । 

पद्मावतमा अल्लाऊद्दीन खिल्जीको भूमिकामा रहेका रनबीरको अभिनयको निकै तारिफ भैरहेको छ । रनबीरका अलावा दिपीका पदुकोने र शाहिद कपुरको पनि महत्वपूर्ण भूमिका रहेको यस फिल्मलाई चर्चित निर्देशक संजयलिला भन्सालीले निर्देशन गरेका हुन् ।

भारतका केहि राज्यमा विरोध भएपनी फिल्मले दर्शकको साथ् राम्रो पाएको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै