काठमाडौँ । एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको एनएमबी डिलाइट सेभिङ एकाउन्ट ल्याएको छ ।
यसको मुख्य बिशेषता भनेकै डिलाइट सेभिङ एकाउन्टको एटीएम कार्डले नेपालभरीका कुनै पनि वित्तिय संस्थाहरुको एटीएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने रहेको बैंकले जानकारी गराएको छ ।
साथै निशुल्क मोबाईल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस डिलाइट सेभिङ एकाउन्टको अन्य बिशेषताहरु रहेको बैंकले जनाएको छ । बैंकले यस योजनाबाट समग्र ग्राहकवर्गलाई समेट्ने विश्वास रहेकोे पनि जनाएको छ ।
हाल एनएमबि बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।