• २०८१ बैशाख २१ शुक्रबार

एमाले एक लाइन टेलिफोनको लागि खुलेको पार्टी होइन – केपी ओली 

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देशप्रति सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताएका छन् । हामीले जम्मा गरेको ढुकुटी खर्च गर्न किन नपाउने भनेर केटाकेटी कुरा गरेको भन्दै आगामी सरकार जिम्मेबार रुपमा कामगर्ने सरकार बन्ने बताएका छन् । 

नेपाल च्याम्बर अफ कमर्शका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामान दिन आयोजित कार्यक्रममा बोल्दै ओलीले आगामी सरकार जनताको सरकार बन्ने बताए ।

अध्यक्ष ओलीले आफुहरु एक लाइन टेलिफोनका लागि खुलेको पार्टी नभएको बताएका छन् । ओलीले पहिला पार्टी खोलेपछि एक लाइन टेलिफोन पाइने नियम थियो र धेरै पार्टी टेलिफोन लाइनका लागि खुलेको भन्दै आफुहरु टेलिफोन लाइनका लागि खुलेको पार्टी नभएको बताए । साथै अध्यक्ष ओलीले आफुहरु अर्को हिसाबले चल्ने नभई आफै केहि गर्नकाल आगी राजनीति गरेको बताए । 

अहिले सरकारले सेयर बजारमा अनावश्यक हस्त्क्षेप गरेको भन्दै आगामी सरकारले यसलाई ठिक गर्ने बताए ।  

तिब्र विकासमा लाग्ने बताउदै धैर्यता गरेर विकासको लक्ष्यमा पुग्न नसकिने बताएदै ओलीले हामी पछाडी पर्ने कुनै कारण नभएको बताउदै ओलीले हामीहरु मानवीय, व्यास्थापकीय कारणले पछाडी परेको बताए । हाम्रा स्रोत र साधनको सहि सदुपयोग गर्न नसकेको बताउदै अध्यक्ष ओलीले केहि नभएका देशले धेरै प्रगति गरिसकेको भन्दै ओलीले स्पष्ट सरकारी नीतिको अभावमा पछाडी परेको बताए ।

इतिहासलाई गाली गरेर र विगतलाई धिक्कारेर केहि नहुने भन्दै वर्तमानको सहि सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । अहिले सङक्रमणकाल सकिएर अब नयाँ युगमा प्रवेश गरिसकेको बताउदै ओलीले अब विकासमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

अहिले परिवर्तनलाई रोक्ने प्रयास भैरहेको भन्दै यसले समग्र मुलुकलाई नै पछाडी लैजाने भन्दै अध्यक्ष ओलीले यसले देश अगाडी बढ्न नरोक्ने भन्दै यसले अलिअलि रोक्ने भएपनि समयलाई उल्टो गतिमा लैजान नसक्ने बताए ।

हिजोका मान्यता अनुसार भन्दा पनि आजको आवस्यकता र मान्यता अनुसार अब छिमेकीसँग सम्बन्ध अगाडी बढ्ने बताउदै अध्यक्ष ओलीले २१औ शताब्दीमा मुल्य र मान्यता अनुसार नै छिमेकीसँग सम्बन्ध आगाडी बढ्ने बताए । उनले दुवै छिमेकी देश विकास र जनसंख्याक हिसाबले अगाडी रहेकाले यसलाई सहि रुपले हामीले प्रयोग गर्न सकिने बताउदै हामीहरुको लागि यो अवसर रहेको बताए ।

अध्यक्ष ओलीले निजी क्षेत्र, सरकार, राजनीतिक दल विकासका सहयात्री भएकाले मिलेर देश विकासमा केन्द्रित हुनुपर्ने बताए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै