• २०८१ बैशाख १७ सोमबार

अन्डर १९ विश्वकप : अफगानिस्तान २०२ रनले न्युजिल्यान्डलाई हराउदै सेमिफाइनलमा 

kharibot

काठमाडौँ । अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्दै अन्डर-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा अफगानिस्तानले २०२ रनको विशाल रन अन्तरले न्युजिल्याण्डलाई पराजित गरेको हो । 

न्युजिल्यान्डको क्रिष्टचर्चमा भएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउदै ३०९ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मनुल्ल्ह गुबाजले सर्वाधिक ६९, इब्राहिम जडरनले ६८, बषिर शाहले ६७ र अज्मतुल्लाह ओमारजलले ६६ रन बनाएका थिए ।

३०७ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड २८.१ ओभरमा केबल १०७ रन बनाउदा अलआउट भएको थियो । न्युजिल्याण्डलाई सस्तैमा अलआउट गर्ने क्रममा अफगानिस्तानका मुजीब र कैस अहमदले ४-४ विकेट लिएका थिए । 

अफगानिस्तानले पछिल्ला ४ खेलमा तीन खेलमा जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । अन्डर-१९ विश्वकप सेमिफाइनलमा अफगानिस्तानले अस्ट्रेलियाको सामना गर्ने भएको छ । पहिलो सेमिफाइनल खेल जनवरी २९ मा हुने छ । 

अर्को सेमिफाइनलमा पाकिस्तान पुगीसकेको छ भने भारत र बंगलादेशबीचको विजेत टिम पाकिस्तानसँग खेल्ने छ । दोस्रो सेमिफाइनल जनवरी ३० मा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै