काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा सञ्चालित सीपमूलक सामूहिक उद्धार तालीम सम्पन्न भएको छ ।
तालीम व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै महाशाखाका प्रमुख नारायणसिंह खड्काले प्रशिक्षण आफैँमा साध्य नभई साधन मात्र भएकाले प्रशिक्षणको समयमा दिइएका ज्ञान सीप कार्यक्षेत्रमा सहयोगी हुने बताए ।
उनले प्रशिक्षणमा हासिल गरेका कुरालाई व्यवहारमा लागू गर्न सबैलाई आग्रहसमेत गरे । माघ २ गतेदेखि सञ्चालित एकहप्ते तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।