काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को खेलाडी अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई पनि सुचिमा राखिएको छ ।
आईपीएलले अक्सनका लागि आज जारी गरिएको खेलाडीहरुको सुचिमा ३६० भारतीयसहित ५७८ खेलाडी रहेका छन्, जसमा २७६ नम्बरमा सन्दिपको नाम छ । एशोसिएट देशबाट परेका उनले न्यूनमत मूल्य २० लाख भारु ताकिएको छ ।
जनवरी अक्सन २७ र २८ तारेखमा भारतको बेङ्लुरुमा हुने अक्सनमा फ्रान्चाइज टिमहरुले सुचिमा रहेका खेलाडीहरुलाई आफ्नो टिममा भित्र्याउन बोली लगाउनेछन् ।
विगतमा माइकल क्लार्कको सहयोगमा अष्ट्रेलियामा समेत खेलिसकेका कारण सन्दीपले अन्तर्राष्ट्रिय एक्सपोजर पाएका हुन् ।
अक्सनमा आइपिएल तिम्ले सन्दीपलाई बोलि लगाएमा उनि आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् ।