• २०८१ बैशाख १५ शनिबार

म्यानमारमा सांसद नै पक्राउ

kharibot

याङ्गुन, म्यानमार ।  म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । 

जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको छ ।  उनले मानवीय क्षति हुनेगरी घटनाहरू भइरहेका राज्यमा हिंसा फैलाउन भित्रभित्र काम गरिरहेको बताइएको छ । 

गत मङ्गलबार एउटा सरकारी कार्यालय नियन्त्रणमा लिन खोजेका बेला प्रदर्शनकारी र प्रहरीकाबीचमा झडप हुँदा सात जनाको मृत्यु भएको थियो । घटनामा अरु दर्जनौ घाइते पनि भएका छन् । 

सरकारी सहयोग रहेको संचार माध्यमले तल्लो संसदका सदस्य आय माउङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

उनले गत सोमबार राष्ट्रबादी राजनीतिक नेताका विरुद्धमा आक्रामक रुपमा प्रस्तुत भएको र सैन्य संघर्ष गर्ने ‘सही समय’ आएको भन्दै उत्तेजित पारेको सरकारी पक्षको आरोप छ । 
राखिनेमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी र सुरक्षा अधिकारीबीच झडपको थियो । 

दश लाख भन्दा बढी रोहिङ्याहरुको बासस्थानका रुपमा रहेको राखिने राज्य गत अक्टोबर २५ बाट सुरु भएको सैनिकको दमनको कारण ६ लाख ४० हजार भन्दा बढी रोहिङ्या भागेर बङ्गलादेश पुगेका छन् । 

रोहिङ्या मुसलमानप्रति भएको सैनिक दमनका कारण केही महिनायता यो राज्य अस्तव्यस्त भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय