• २०८१ बैशाख १५ शनिबार

सरकारले मनमोहन मेडिकल कलेज किन्न पहल गर्ने 

kharibot

बालुवाटारमा आइतबार अनशनरत डा गाबिन्द केसीको सम्बन्धमा छलफल गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षा र स्वास्थ्य सचिवलगायत सहभागीहरु । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँ । सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज खरिद गर्नका लागि पहल गर्ने भएको छ। 

अनशनरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह बोलाएको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकमा मनमोहन मेडिकल कलेज सरकारले किनेर भए पनि चिकित्सा शिक्षा विधेयकमा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज खोल्न नपाउने गरी संशोधनका लागि पहल गर्ने सहमित भएको छ ।

सरकारले यसअघि पनि मनमोहन मेडिकल कलेज किन्ने प्रस्ताव राखेपनि प्रमुख प्रतिपक्षी दलका नेताहरुको लगानी भएकोले एमालेले सो कुरा यसअघि अस्विकार गरेको थियो ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवसहित सम्मिलित थिए। 

डा. केसीले संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाएपछि सरकारले उनका मागबारे नयाँ ढंगले बहस थालेको हो ।

डा.केसी पक्षका डाक्टरहरुले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटि डा. केसीको माग र पछिल्लो अवस्था बारे जानकारी गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै