• २०८१ बैशाख १६ आइतबार

नेशनलको सम्बन्धन खारेज पछि डा. केसीको अनशन स्थगित 

kharibot

काठमाडौं । डाक्टर गोविन्द केसीले बुधबारदेखि बस्ने भनिएको आमरण अनसन फिर्ता लिएका छन् । त्रिभुवन विश्वविद्यालयले मापदण्ड नपुगेको काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने निर्णय गरेपछि अनसन फिर्ता लिएको डाक्टर केसीले बताएका छन् ।

मेडिकल कलेज सञ्चालनको लागि कुनै पनि मापदण्ड पूरा नगरे पनि त्रिविले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि डाक्टर केसीले बुधबार दिउँसोदेखि अनसनको तयारी थालेका थिए । 

डाक्टर केसीले चिकित्सा शिक्षा ऐन सही रुपमा नआउँदासम्म यस्ता जालझेलपूर्ण निर्णयहरु भइरहने देखिएकाले आफूहरुले दिएका सुझाव र माथेमा प्रतिवेदन अनुसार परिमार्जनसहित चिकित्सा शिक्षा विधेयक पारित गर्न ध्यानकर्षण गराएका छन् । 

जघन्य शैक्षिक अपराधमा संलग्न त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गर्दै आइओएमबाट खोसेर लगिएका अधिकारहरु तत्काल आइओएममै फर्काउनुपर्ने, काठमाडौं नेशनलको खाली भवनलाई मापदण्ड पुगेको भनेर प्रतिवेदन दिने टोली तथा सो कलेजसँगै अरु तीन उस्तै कलेजहरुमा मापदण्ड पुगेको भनेर फर्जी प्रतिवेदन दिने व्यक्तिहरुमाथि तत्काल छानविन गरेर कारवाही हुनुपर्ने  र विगतमा भएका सम्झौता कार्यान्व्यन नभएमा जुनसुकै बेला सत्याग्रह थाल्ने डाक्टर केसीले चेतावनी पनि दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय