काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।
हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले २३ लाख र काँग्रेसले २२ लाख मत कटाएका छन् । त्यस्तै फोरमले पनि ३ लाख मत कटाएको छ । राजपा र राप्रपा थ्रेस होल्ड कटाउन संघर्षरत देखिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील सातौ र नयाँ शक्ति आठौ स्थानमा रहेको छ । त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र जनमोर्चा दशौ स्थानमा रहेका छन् ।
बुधबार राति ८ बजेसम्मको समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- २३६६४९९
२. नेपाली कांग्रेस- २२७९४९६
३. माओवादी केन्द्र – ९२९०१८
४. फोरम – ३२८६८८
५. राजपा – २५७७०३
६. राप्रपा – १५५२०७
७. विवेकशील –१५४६३२
८. नयाँ शक्ति – ६४१५८
९. राप्रपा प्रजातान्त्रिक – ५५५५८
१०. जनमोर्चा – ३८५९३