• २०८१ बैशाख १५ शनिबार

छ वर्षको कलिलो उमेरमै अर्बभन्दा बढी आम्दानी गरेर सनसनी मच्चाए यी बालकले !

kharibot

उत्तर अमेरिका । एक छ वर्षका बच्चाले कति कमाउन सक्ला ? यो प्रश्नको उत्तरमा तपाईंले ६ वर्षकै उमेरमा कमाइ गर्न सक्ने कोही होला र जस्तो लाग्ला तर नन्हे रेयान हरेक हप्ता युट्युबमा खेलौनाको रिभ्यु गरेर आफ्ना बाबुआमाको लागि पैसा कमाइरहेका छन् । रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए । यो कमाइ भनेको करिब १ अर्ब १३ करोड नेपाली रुपैयाँ हो । 

उनको भिडियो युट्युबमा अरुले हेरिदिएका कारण उनले यति धेरै पैसा कमाउन सकेका हुन् । ६ वर्षका यी बालक रेयान टोयजरिव्यु नामबाट युट्युब च्यानल चलाउँछन् । यतिमात्र होइन, उनले दिग्गज कलाकारहरुको सूचीमा आफ्नो नाम पनि लेखाइसकेका छन् । यही युट्युब च्यानलबाट रेयानले भ्युअर्सलाई खेलौनाको दुनियाँमा लैजान्छन् ।

फोब्र्स म्यागजिनमा समेत उनको कमाइको चर्चा भइसकेको छ । २०१५ को मार्चमा सुरु भएको उनको यो च्यानलका भिडियोहरु अहिलेसम्म १६ अर्ब मानिसले हेरिसकेका छन् । तर यिनको बारेमा मानिसहरुलाई भने त्यति जानकारी नै छैन । उनी एक अमेरिकी बालक हुन् । 

केही समयपहिले वासिंग्टन पोष्टमा उनको आमाले अन्तर्वार्ता दिएकी थिइन् । उनले आफ्नो छोराले सानैदेखि खेलौनाको रिभ्युवाला च्यानल युट्युबमा हेर्ने गरेको बताएकी थिइन् । यद्यपि उनकी आमाले आफ्नो नाम भन्न भने चाहिनन् ।

रेयान र उनकी आमाले एक दिन खेलौना पसलमा गएर ट्रेन किनेपछि यो च्यानलको सुरु गरेका थिए । रेयानको एउटा भिडियो युट्युबमा ८० करोडभन्दा बढीले हेरेका छन् भने गत वर्षमै उनको च्यानलको सब्सक्राइब (प्रमुख बनाउने) गर्ने संख्या १० लाख पुगिसकेको थियो । अहिले उक्त संख्या एक करोड नाघेको छ । 

  • बीबीसी हिन्दीबाट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै