• २०८१ बैशाख २६ बुधबार

पञ्जाबमाथि कोलकोता नाइटराइडर्सको २ रनको सनसनीपूर्ण जित

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइटराइडर्सले किंग्स इलेभेन पञ्जाबलाई २ रनको सनसनीपूर्ण जित हासिल गरेको छ ।

कोलकोताले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउदै १६२ रन मात्र बनाएपछि पञ्जाब २ रनले हार्न पुगेको छ ।

पञ्जाबका लागि कप्तान केएल राहुलले सर्बाधिक ७४ रन बनाए भने मयंक अग्रवालले ५६ रन बनाएका थिए । त्यस्तै निकोलस पुरनले १६ र ग्लेन म्याक्सवेलले अविजित १० रन बनाए ।

कोलकोताका बलर प्रसिद् कृष्णले ३ विकेट लिए भने सुनिल नारनले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान दिनेश कार्तिकले सर्बाधिक ५८ रन बनाएका थिए । उनले २९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५८ रन बनाएका हुन् ।

त्यस्तै शुभमन गिलले ४७ बलमा ५७ रन बनाएका थिए भने इयोन मोर्गनले २४, राहुल त्रिपाठीले ४, नितिश राणाले २, आन्द्रे रसेलले ५ र पाट कमिन्सले अविजित ५ रन बनाएका थिए ।

त्यसैगरि किंग्स इलेभेनका बलर मोहमद सामी, अर्श्दीप सिंह र रवि विश्नोईले एक एक विकेट लिए भने पञ्जाबले ३ विकेट रनआउटको रुपमा लिएको थियो ।

योसँगै कोलकोताले अहिलेसम्म ६ खेलमा चौथो जित हासिल गरेको छ । त्यस्तै कोलकोताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ ।

त्यस्तै पञ्जाबले भने अहिलेसम्म छैठौ खेलमा हार बेहोरेको छ भने एक खेल मात्र जितेको छ । अब पञ्जाब यस सिजनमा प्लेअफमा पुग्ने सम्भावना लगभग मुश्किल देखिएको छ ।  

यस आइपिएलमा अहिलेसम्म कोलकोताले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ भने भने पञ्जाबले खेलेका ६ खेलमा एक जित र ५ हार बेहोरेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै