• २०८१ बैशाख २६ बुधबार

डबल सुपर ओभरमा मुम्बईमाथि किंग्स इलेभेन पञ्जाबको सनसनीपूर्ण जित

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत डबल सुपर ओभरमा मुम्बईमाथि किंग्स इलेभेन पञ्जाबले सनसनीपूर्ण जित हासिल गरेको छ ।

२०-२० ओभरको खेल बराबरी भएपछि खेलिएको पहिलो सुपर ओभरपनि बराबर भएपछि खेलको निर्णय दोस्रो सुपर ओभरबाट गरिएको थियो ।

मुम्बईले दिएको १७७ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएपछि दुवै टिमको रन बराबरी भएको थियो ।

पहिलो सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले पहिला ब्याटिंग गर्दै २ विकेट गुमाउदै ५ रन बनाएको थियो । ६ रनको लक्ष्य पछाएको मुम्बईले ६ बलमा ५ रन मात्र बनाएपछि खेल फेरी बराबर भएर दोस्रो सुपर ओभरमा पुगेको थियो ।

दोस्रो सुपर ओभरमा मुम्बईले एक विकेट गुमाउदै ११ रन बनाएको थियो ।  १२ रनको लक्ष्य पछाएको पञ्जाबले ४ बलमा लक्ष्य पुरा गरेको थियो ।  

यस अघि आइतबार नै भएको खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेल सुपर ओभरमा कोलकोता विजयी भएको थियो ।

यस अघि पञ्जाबका लागि कप्तान केएल राहुलले ७७ रन बनाएका थिए भने क्रिस गेल र निकोलस पुरनले २४-२४ रन बनाएका थिए ।

त्यस्तौ दीपक हड्डाले अविजित २३ रन बनाएका थिए भने क्रिस जोर्डनले  १३ रन बनाएका थिए ।

मुम्बईका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने राहुल चहरले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो ।

मुम्बईका लागि क्वेंटन डिककले ५३ रन बनाए भने क्रुनाल पाण्डेयले ३४, रोहित शर्माले ९, इशान किशानले ७, हार्दिक पाण्डेयले ८ रन बनाएर आउट भएका थिए । त्यस्तै केरन पोलार्डले १२ बलमा ३४ र नाथन कोल्टर नीलले १२ बलमा २४ रन बनाएका थिए ।

पञ्जाबका बलर मोहमद सामी र अर्शदीप सिंहले २-२ विकेट लिएका थिए भने क्रिस जोर्डन र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।

यो जितसहित पञ्जाबले ९ खेलमा आफ्नो तेस्रो जित हासिल गरेको छ । पञ्जाबले यस अघि ६ खेलमा हार बेहोरेको छ । त्यस्तै मुम्बईले ९ खेलमा ६ जित र ३ हार बेहोरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै