• २०८१ बैशाख १८ मंगलबार

अमेरिकाको क्यालिफोर्नियामा आगाको आँधी !

kharibot

सान्टा बार्बाराको पूर्वपट्टि रहेको क्यालिफोर्नियाको मोन्टिसिटोमा घरहरुभन्दा माथिको डाँडामा फैलिएको भीषण आगो । तस्बिर : एएफपी 

अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा गत हप्तादेखि सल्कएको आगो अझै नियन्त्रणभन्दा बाहिर रहेको छ । आँधीजस्तै जबर्जस्त हावाहुण्डरीको कारण आगो तीव्र गतिमा फैलिइरहेको छ ।

उक्त आगलागीकै कारण ठूलो क्षेत्रफल खरानी भइसकेको अमेरिकी अधिकारीहरुले जनाएका छन् भने हजारौँ मानिसलाई स्थानान्तरण गराइएको छ । त्यस्तै हजारौँको संख्यामा अग्निनियन्त्रकहरु परिचालित भएका छन् । गत हप्ताको सोमबारबाट थोमस नामको आगलागी सुरु भएको थियो ।

यो आगोलागीलाई क्यालिफोर्नियाको इतिहासमै ठूलो भनिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै