• २०८१ बैशाख १७ सोमबार

उद्योग राज्यमन्त्री लामाद्वारा राप्रपा परित्याग, वाम गठबन्धनलाई समर्थन गर्ने घोषणा 

kharibot

काठमाडौँ ।  उद्योग राज्यमन्त्री रेशम लामाले राप्रपा परित्याग गरी वाम गठबन्धनलाई समर्थन जनाएका छन् ।

राप्रपाका महामन्त्रीसमेत रहेका लामाले काठमाडौंको कोटेश्वर क्षेत्र नम्बर २ स्तरीय चुनावीसभालाई सम्बोधन गर्दै वाम गठबन्धनलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

‘मैले वाम गठबन्धनमै राजनीतिक जीवन बिताउने निर्णय गरिसकेको छु । त्यसैले निर्वाचनमा मेरो समर्थन वाम गठबन्धन उम्मेदवारलाई हुनेछ,’ उनले चुनावीसभामा भने । यसअघि उनले हिजो चितवनको माढीमा भएको वाम गठबन्धनको सभालाई सम्बोधन गर्दै माओवादी उम्मेदवार प्रचण्ड र एमालेका उम्मेदवारलाई भोट मागेका थिए ।

राज्यमन्त्री लामालाई राप्रपा प्रजातान्त्रिकले मन्त्री पद बाट हटाउन प्रधानमन्त्रीलाई सिफारिश गरी सकेको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै