• २०८१ बैशाख १७ सोमबार

धनगढी उपमहानगरपालिका मेयर पदका उम्मेद्वार राना काँग्रेसमा प्रवेश

kharibot

धनगढी । स्थानिय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट धनगढी उपनगरपालिकाको मेयर पदको उम्मेदवार रामसमझ राना नेपाली काँग्रेस प्रवेश गरेका छन्।

धनगढीमा आयोजित एक कार्यक्रममा कैलाली क्षेत्रनम्बर ५ की प्रतिनिधिसभा उम्मेदवार डा आरजु राणाले रानालाई काँग्रेस प्रवेश गराइन्।

कैलाली ५ मा प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी राणासँग वाम गठबन्धनवाट एमालेले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना प्रतिस्पर्धामा छन्।

कैलाली क्षेत्र नम्बर ५ मा रहेका कुल मतदाताको ३० प्रतिशत रानाथारु समुदायबाट रहेको र रानाको प्रवेशले काँग्रेसलाई सहयोग पुग्नेमा काँग्रेस नेताहरु विश्वस्त रहेका छन् ।  

स्थानिय चुनावमा मेयर पदको उम्मेदवारमा तेस्रो स्थान हासिल गरेका रानाले १० हजार २०९ मत पाएका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै