• २०८१ बैशाख १७ सोमबार

विराट कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा ५०औ शतक  

kharibot

कोलकोता । भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली ५०औँ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

कोलकोताको इडेन गार्डेनमा जारी श्रीलंकाविरुद्भको टेष्ट सिरिजको पहिलो खेलको दोस्रो इनिंगमा नटआउट १०४ रन प्रहार गर्दै कोहलीले टेष्ट र एकदिवसीय खेलमा गरी आफ्नो ५०औ शतक पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा ३२ शतक हानेका कोहलीले टेष्ट क्रिकेटमा योसँगै १८ शतक हानेका छन् ।

कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीमा दोस्रो स्थानमा रहेका छन् भने अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतक बनाउने उनि आठौ खेलाडी हुन् ।

भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय शतक बनाएका छन् बहने त्यसपछि धेरै शतक प्रहर गर्ने खेलाडीमा कोहोली रहेका छन् ।

२९ बर्षिय कोहलीलाई सचिनको रेकर्ड तोड्नसक्ने खेलाडीको रुपमा हेरिएको छ । उनले अहिलेसम्म २०२ एकदिवसीय खेल खेलेका छन् भने हाल ६१औ टेष्ट क्रिकेट खेलिरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै