• २०८१ बैशाख १७ सोमबार

एम्बुलेन्सले ठक्कर दिँदा तीनजनाको मृत्यु 

kharibot

सुनसरी ।  इटहरीको हलगडामा स्कुटरलाई एम्बुलेन्सले ठक्कर दिँदा तीनजनाको ज्यान गएको छ ।

आइतबार राति पौने एघार बजेतिर भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अरु दुईजनाको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

को १ च ७००९ नम्बरको एम्बुलेन्सले को ३२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा रहेका तीनैजनाको ज्यान गएको हो ।

चालक इटहरीका डुकबहादुर बार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । कार्की एमाले सुनसरी क्षेत्र नम्बर दुईको क्षेत्रिय समिति सदस्य थिए । ज्यान गुमाउने अरु दुईजनाको नाम खुलेको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय