• २०८१ बैशाख १७ सोमबार

एमालेद्वारा बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

kharibot

बाजुरा । एमाललेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेको छ । कार्यालयमा तालाबन्दी भएपछि तोकिएको मतदान केन्द्रतिर हिँड्ने तयारीमा रहेका कर्मचारीहरु अलमलमा परेका छन् ।

मतदान गराउनका लागि निर्वाचनमा खटिने कर्मचारीको विषयलाई लिएर बाजुरामा विवाद भएको बताइएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीहरुलाई उनीहरुलाई खटाइएको मतदान केन्द्रमा पठाउने अन्तिम तयारी गर्दै गर्दा शुक्रबार नेपाली कांग्रेसले एमाले निकट कर्मचारीहरुलाई एकलौटी रुपमा अनुकूल केन्द्रहरुमा खटाएर पक्षपात गरेको भन्दै कार्यालयमा ज्ञापन दिएको थियो । 

ज्ञापनपछि कार्यालयले पहिलाको निर्णयमा हेरफेर गर्ने जनाउदै गोलाप्रथाद्वारा कर्मचारी खटनपटन गराइने तयारी गरेपछि एमालेले कार्यालयमा तालाबन्दी गरेको हो । 

तालाबन्दी गरेपछि कर्मचारीहरु कार्यालयभित्रै थुनिएका थिए । कार्यालय र एमाले नेताहरुबीच छलफल भइरहेको छ । बाजुरामा १ सय मतदान केन्द्रका लागि करिब ८ सय कर्मचारी परिचालित हुँदैछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै