• २०८१ बैशाख १७ सोमबार

प्रिमियर लिगमा चेल्सीको शानदार जित, हजार्डले गरे दुई गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्ट ब्रोमोविचलाई पराजित गरेको छ । 

शनिबार भएको खेलमा चेल्सीले वेस्ट ब्रोमोविचलाई ४-० ले पराजित गरेको छ । चेल्सीको जितमा इडेन हजार्डले दुई गोल गरेका छन् भने अल्भारो मोराटा र मार्कोस अलास्नोले एक एक गोल गरेका थिए ।

चेल्सीले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो । चेल्सीका लागि अल्भारो मोराटाले खेलको १७औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको २३औ मिनेटमा हजार्डले गोल गर्दै चेल्सी अग्रतालाई दोब्बर बनाएका थिए भने ३८औ मिनेटमा मार्कोस अलास्नोले चेल्सीका लागि तेस्रो गोल गरेका थिए । दोस्रो हाफमा खेलको ६२औ मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाएका थिए ।

जितसँगै चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सी १२ खेलमा २५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ भने वेस्ट ब्रोमोविच १२ खेलमा १० अंकसहित १७औ स्थानमा रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै