• २०८१ बैशाख १५ शनिबार

ओप्पोको नयाँ फोन ‘ओप्पो एफ फाइभ’ नेपाली बजारमा 

kharibot

काठमाडौँ । ओप्पो मोवाइलले नेपाली बजारमा नयाँ मोडल ओप्पो एफ फाइभ सार्वजनिक गरेको छ । ओप्पो एफ फाइभ नेपाली बजारमा बुधबारदेखि उप्लभ भएको हो ।

विश्वका ३० मुलुकमा उपस्थिति रहेको ओप्पोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोडभन्दा बढी युवा उपभोक्ताले उपयोग गरिरहेको कम्पनीले जनाएको छ ।
ओप्पो एफफाइभ नेपाली बजारमा ब्रान्डकै पहिलो एफएचडी प्लस फुलस्क्रिन डिस्प्ले मोडलको फोन हो ।

यसमा अत्याधुनिक एआई ब्युटी सेल्फीमा रहेका व्यक्तिका लागि ब्युटिफिकेसन उपलब्ध गराउने प्रविधि राखिएको छ । यसले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नयाँ आयाम प्रदान गर्ने कम्पनीको दाबी छ ।

यस फोनमा अल्ट्रा सेन्सेटिभ एफ २.० एपर्चर र १/२.८ सेन्सरसहित २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ जसले क्यामेरालाई अधिक सूचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत आवाज न्यूनीकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ ।

फ्रन्ट क्यामेरा पोर्टेट मोडले हरेक सेल्फीको पृष्ठभूमिलाई आकर्षक तरिकाले खिच्न सघाउँछ । फोनमा रहेको १६ मेगापिक्सेलको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दाबी छ ।

२ सय भन्दा बढी अनुहारका स्पटलाई पहिचान गरेर खिचिएको तस्विरलाई ग्लोबल डाटाबेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसँग तुलना गरी स्किन टोन, प्रकार, लिंग, उमेरलगायतका आधारमा पहिचान गर्ने कम्पनिले जनाएको छ ।

फोनमा १८:९ एसपेक्ट रेसियोसहितको उच्च रेजोल्युसन २१६० गुणा १०८० डिपिआई स्क्रिन जडान गरिएको छ । 

यस फोनमा ४ जिबी र्याम प्लस ३२ जिबी रोमसहितको ओप्पोको कलर ओएस ३.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । साथै ब्लुटुथका तुलनामा सय गुणा तीव्र गति क्षमतासहितको ओ सेयर फाइल सेयरिङ प्रविधि पनि रहेको छ । नेपाली बजारमा ओप्पो एफ फाइभको मुल्य रु ३३,९९०/- रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै