काठमाडौँ । काठमाडौँको ईन्द्र चोकमा भाई मसला किन्न आएकी मेलीना श्रेष्ठ पोहोरको तुलनामा यो बर्ष भाई समलाको मुल्य धेरै नै बढेको बताउछिन् । उनि भन्छिन्- “ हरेक बर्ष हरेक सामानको मुल्यमा वृद्धि भईरहेको छ” ।
तिहार नजिकिएसँगै तिहारको लागी सामान किनमेल गर्नेको ब्यापक घुईचो लागेको छ । बिशेषत तिहारमा भाई मसला, फूलमाला लगाएका सामाग्रीहरुको मुल्य बिगतको तुलनामा धेरै बढेको पाइएको छ ।
नेपालीहरुको दोस्रो महान चाड नजिकिए सँगै भाई मसला तथा बिबिध मीठाईका प्याकेट बजारमा जताततै देख्न सकिन्छ । गत बर्षको तुलनामा यो बर्ष भाई मसलाको मुल्यमा केहि वृद्धि भएको ब्यापारीहरुले पनि स्वीकारेका छन् ।
प्रायस् तिहारमा उपयोग हुने मरमसलाहरु बिदेशबाट आउने गरेको छ । बिशेषत् तिहारमा दिदी बहिनीले उपहार स्वरुप पेस्ता, काजु, किसमिस, बदाम,नरीवल, ल्वाङ, सुकुमेल जस्ता सामाग्रीहरु आफ्ना दाजुभाईलाई दिने प्रचलन रहेको छ ।
गतबर्षको तुलनामा तिहार सामग्रीको मुल्य ३० देखि ५० प्रतिशतले बढेको पाइएको छ । सरकारी तवरबाट यसको अनुगमन नहुनु र चाडपर्वमा लाग्ने चाडपर्व लक्षित बजारहरुको कुनै मापदण्ड नहुनुले पनि आम उपभोक्ता मारमा परेका छन् । तिहारमा भाई मसलाका प्याकेटहरुमा राखिने समाग्रीहरु पनि कति स्वस्थकर छन् भन्ने बारे न त व्यापारी नै सचेत छन् न त कुनै सरकारी निकायनै यसमा जानकार राख्दछन । सरसर्ती बजार अनुगमन गर्दा व्यापारीले आफु खुशी मसला बनाउने र मुल्य राख्ने गरेको देखिएको छ ।
दशैँ अगाडी आपूर्ति मन्त्रीसहित केहि स्थानमा अनुगमन गरे जस्तो गरेपनि सरकारी निकाय बाट प्रभावकारी रुपमा अनुगमन र कारवाही नहुदा आम उपभोक्ता यसपाली पनि सधै जस्तै मारमा परेका छन् ।
तिहारको भाई मसलाको व्यापार गरिरहेका ओमप्रकाश चौधरी भाईमसलाको मुल्य बढ्नु अनौठो हैन यो त हरेक बर्ष बढेकै छ भन्ने प्रतिक्रिया दिएका छन् । उनि भन्छन(‘सबै सामानको मुल्य बढे अनुसार नै भाई मसलाको नी मुल्य बढेको छ यसमा अनौठो मान्नु पर्ने केहि छैन् ।‘
तिहारको किनमेलको लागी काठमाण्डौँको ईन्द्र चोक, न्युरोड , असन, चाबहिल, गणेशस्थान लगायतका ठाउँमा आहिले मानिसहरुको घुईचो लागेको छ ।
त्यस्तै तिहारको लागी प्रयोग हुने फूल तथा मालाको मुल्यमा पनी वृद्धि भएको छ । फ्लोरीकल्चर एसोसीएसन नेपालका अध्यक्ष कुमार कसुज श्रेष्ठको अनुसार गत बर्षको तिहारमा ११ लाख मालाको माग भएकामा यसपाली मालाको मागमा वृद्धि भई १५ लाख पुगेको बताउछन ।
उनले यसका लागि ३ लाख फूल बिदेशी मुलुकबाट ल्याउने जानकारी दिएका छन् । नेपालमा प्रत्येक बर्ष १० देखी १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने भएतापनि यस वर्ष फूलको उत्पादनमा कमी आएको जानकारी दिएका छन् ।
काठमाडौँको असन, इन्द्रचोक लगायतका क्षेत्रमा लागेको तिहार सामग्रीको बजार तस्बीरमा हेरौ :