• २०८१ बैशाख १७ सोमबार

माओवादी केन्द्र सरकारबाट बाहिरियो 

kharibot

काठमाडौँ ।  नेकपा (माओवादी) केन्द्रले मंगलबार सरकार छोड्ने निर्णय गरेको छ । 

सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि माओवादीतर्फबाट नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

यस्तै गृहमन्त्री जनार्दन शर्माले दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरेका छन् । 

पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट मन्त्री थपेर सरकार विस्तार गरेपछि माओवादीलाई सरकार छाड्ने नैतिक दबाब परेको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने कायमै रहने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै