• २०८१ बैशाख १५ शनिबार

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । 

बुधबार बसेको स्थायी समितीको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका हुन् ।

त्यसैगरी बैठकले साथै आउँदो चुनावमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय गरेको उनले बताएका छन् ।

त्यस्तै वैठकले प्रदेशमा इन्चार्ज तोकेको छ । जसमा कोशी प्रदेशको हरिबोल गजुरेल, मधेशको लिलामणि पोख्रेल, बागमती प्रदेशको अग्नि प्रसाद सापकोटा, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली, कालीबहादुर मल्ल र सुदूरपश्चिमको गिरिराज मणि पोखरेल इन्चार्ज बनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै