• २०८१ बैशाख १५ शनिबार

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

kharibot

मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । नेकपा माओवादी केन्द्रका सभामुख सहित ११ जना प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहसँग भने ३० जना प्रदेशसभा सदस्यको बहुमत कायमै रहन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै